६ मंसिर २०८३, आइतबार

नयाँ वर्ष लोकतन्त्रलाई स्थायित्व दिने वर्ष: नेता पोख्रेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ चैत । नेकपा ( एमाले) का नेता शङ्कर पोख्रेलले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजना गरेको ‘नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा भितेपात्रो विमोचन’ कार्यक्रममा उहाँले भन्नुभयो — “लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानुपर्दछ ।”

नेता पोख्रेलले ‘नयाँ वर्ष २०७४ साललाई लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत गर्ने वर्षको रुपमा मनाऊ, यसमा विशेष गरी युवा वर्गले खबरदारी गर्नुपर्छ’ भन्दै हजारौं नेपाली युवा विदेशीएकाले मुलुकको आर्थिक समृद्धिमा लागि अब स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ,” उहाँले भन्नुभयो — निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरी देशलाई समृृद्धितर्फ लैजानुपर्दछ ।” रासस