६ मंसिर २०८३, आइतबार

मन्त्री शाहीको निर्देशनमा मध्यरातमा सडकको खाल्डो पुरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको सडकको खाल्डो पुरिएको छ ।

मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो व्यापक मात्रामा आउन थालेपछि मन्त्री शाही अनुगमनका लागि मध्य रातसम्म सडकमा पुगेका हुन् ।

मन्त्री शाहीले अनुगमनका क्रममा सडकमा खाल्डो देखेपछि मध्यरातमै पुर्न निर्देशन दिए | मन्त्री शाहीले निर्देशन दिंदै भने,” पाइप बिछ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यबस्था गर्नुस् । जनतालाई सास्ती हुने अवस्था आउँन दिन हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् ।”

उनले विकास गर्दा केही समस्या आउने भन्दै जनताको गुनासो र समस्यालाई पनि बुझेर अघि बढ्नु पर्ने बताए ।

मेलम्ची खानेपानीको प्रयोजनका लागि सडकमा पाइप गाड्न खनिएको खाल्डो पुरिसकेपछि सडक पिच गर्न मन्त्रालयले सडकलाई बजेट दिइसकेको बताउदै काठमाडौँका जनताले केही समयपछि धूलोको सास्तीबाट मुक्ति पाउने बताए ।

मेलम्ची खानेपानी दशैँ अघिनै ल्याउनका लागि आफू निरन्तर खटिरहने भन्दै मन्त्री शाहीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको धारणा राखे ।

राती ९ बजे पाइप गाड्न खाल्डो खनिएको स्थानको निरीक्षणमा पुगेका मन्त्री शाहीले खाल्डो देखेपछि तत्काल पुर्न निर्देशन दिए ।

मन्त्री शाहीले राती साढे १२ बजेसम्म बसेर सडकमै बसेर खाल्डो पुर्न लगाएका छन् । उनले मेलम्चीको पाइप विछ्याउने क्रममा खनिएको ठाउँबाट धूलो उड्दा जनस्वास्थ्यमा गम्भिर असर परेको भन्दै पाइप पुरिसकेपछि तत्काल अस्थायी पिच गरेर त्यो समस्या आउन नदिन पनि निर्देशन दिए ।

शाहीले पाइप गाड्ने कामको नियमित अनुगमन गर्ने भन्दै जनतालाई सास्ती र समस्या आउन नदिन आफू प्रतिबद्ध रहेको बताएँ ।