१४ कार्तिक २०८३, शनिबार

सुन्दरीले प्रहरी समातेपछि

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २३ चैत । पत्याउनु हुन्छ ? काठमाडौंमा मोडलिङको नाममा उच्चस्तरीय जीवनयापन गर्ने युवतीले एकचोटी दुबई छिर्न मात्र पाए काठमाडौं विमानस्थलका प्रहरीलाई हाताहाती ५० हजार नगद, स्टार होटलमा एकरातको खानपानसहित यौनसम्पर्कको व्यवस्था पनि गरिदिन्छन् ।

नपत्याए, महानगरीय प्रहरी परिसरको हिरासतमा पाताकसेर राखिएका प्रहरी हवलदार महनीलाल बसेकलाई भेट्नुस र सोध्नुस् । राणाकी छोरी बताउने एक युवतीले यस्तो प्रस्ताव मात्र राखिनन् होटलमा बोलाइवरी पुलिसको जिम्मा लगाएर खोरमा पठाइन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

आइतबार दरबारमार्गस्थित होटेल उडल्याण्डबाट पक्राउ परेका नवलपरासी स्थायी घर भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा गार्ड दरबन्दीका बसेकले युवतीहरूसँग गरेको यस्तो कारोबार पहिलो थिएन । यहाँ सिपाही र हवलदारमार्फत हाकिमसम्मलाई यस्तो रकम र मस्तीको व्यवस्थापन हुने कुरा हिरासतमा पुगेपछि उनैले खुलासा गरिसकेका छन् ।

तर, एक महिनादेखि दुबई जाने नाममा सम्पर्कमा आएकी सरु राणा (नाम परिवर्तन) ले आइतबार सफाइ दिएको हाकिमहरू सुनाएका छन् । हवलदार बताएअनुसार, काठमाडौंमा महँगो गाडी चढ्ने, महँगा होटल, क्याफे र पवहरूमा टहलाउने र त्यही स्तरका ग्याजेट चलाउने युवतीको दुबई आवत–जावत बाक्लिएको छ ।