काठमाडौं, २२ चैत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत देशदौडाहमा निस्किएका छन् ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारीका लागि बस्नेतले राजधानी छाडेका हुन् ।
विद्यार्थी नेता विष्णु पन्तका अनुसार स्थानीय निकायलाई लक्षित गर्दै सम्पूर्ण तरुणहरुलाई निर्देशन दिन, हौसला प्रदान गर्न र सक्रिय पार्न बस्नेत देशदौडाहमा निस्किएका हुन् ।
उनले देशका विभिन्न ठाउँमा आमसभालाई समेत सम्बोधन गर्नेछन् । र, स्थानीय उम्मेदवारहरुसँग चुनावी रणनीति तथा कसरी जित्ने भन्नेबारे छलफल गर्ने बताइएको छ ।












प्रतिक्रिया