२० कार्तिक २०८३, शुक्रबार

भैँसीले लतार्दा महिलाको ज्यान गयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

दाङ, २२ चैत । बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ ।

भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो ।

गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रासस