बनेपा, २२ चैत । काभ्रेमा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्यसहित काँग्रेस, माओवादी, राप्रपालगायतका दलका हजारौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
बनेपा कमिटिको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य प्रह्लाद गौतम, सुमन भुजेल, खड्ग गौतमलगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
यसैगरी काभ्रेपलाञ्चोकका जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरि केसी, सुनचाँदी व्यवसायी संघ काभ्रेका अध्यक्ष दानकाजी शाक्य, काभ्रे बस व्यवसायी संघका निवर्तमान अध्यक्ष रत्न श्रेष्ठ, काभ्रे बस व्यवसायी संघका सचिव तथा दिपंकर चुणाकर्म, संघका अध्यक्ष वर्ण शाक्य, काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष विज्ञान द्यौगडा एमालेमा प्रवेश गरेका छन् ।
त्यस्तै, कृष्णलाल श्रेष्ठ, रिकेश श्रेष्ठ, दिपेन्द्र बैदार, बलराम श्रेष्ठ, सुनिल धर्तिमगर, राप्रपा नेपालका पूर्व केन्द्रीय प्रतिनिधि पुरुषेत्तम श्रेष्ठ काभ्रे बस व्यवसायी संघ र होटल व्यवसायी संघका पूर्व अध्यक्ष अनिल भैललगायत पनि प्रवेश गरेका छन् । एमाले पार्टीले जनाएअनुसार कार्यक्रममा करिब एक हजार भन्दा बढी एमालेमा प्रवेश भएका छन् ।
नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका थिए । नवप्रवेशीहरूले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएका छन् ।












प्रतिक्रिया