६ मंसिर २०८३, आइतबार

खुमबहादुर खड्काका कारण कांग्रेसका युवा नेताले पार्टी छाडे !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका एक जना युवा नेताले पार्टी परित्याग गरेका छन् । कांग्रेस बाँकेका उदयमान नेता अमर खडकाले पार्टीका गतिविधी र निर्णयमा आपत्ति जनाउदै राजीनामा दिएका हुन् ।

पत्रकार दीपक खरेलका अनुसार २०५३ मा बिद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय खड्का बाँकेको ग्रामिण भेगका जनताका नेता हुन ।

हाल नेपाली कांग्रेस बाँकेमा सभापति किरण कोइराला, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्का र किशोरसिंह राठौरले न्यायसंगत र पार्टीलाई दिएको योगदान भन्दा निकट र चाप्लुसी तथा चैते कांग्रेसजनलाई काखी च्यापेका कारण विवाद हुँदै आएको छ ।

‘निर्वाचनको पूर्व सध्यामा लोकप्रिय युवा नेता खड्कालाई पाखा लगाउने कांग्रेसको चाला ठिक भएन,’ पत्रकार खरेलले कांग्रेसलाई समाजिक सञ्जालमार्फत सुझाव दिएका छन्– ‘यसमा सम्पूर्ण कांग्रेसजनले बिचार गर्दा पार्टीकै हितमा हुने मेरो ठहर छ ।’