काठमाडौं, २२ चैत । मधेसी मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर पुष्पकमल दाहालले झुठ बोलिरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले ल्याएको कुनै पनि प्रस्तावमा सहमति नभएको दाबी गरे ।
उनले भने, ‘सीमाङ्कनको विषय थाँती राखेर निर्वाचनमा जाने कुरामा कुनै पनि सहमति भएको छैन । संविधान संशोधन परिमार्जनसहित पारित नहुँदा निर्वाचनमा भाग लिँदैनौँ ।’
मधेसी मोर्चालाई अलमलमा पार्न प्रधानमन्त्री दाहालले अनेकथरी कुरा गर्ने गरेको उनको आरोप थियो ।
मधेसी मोर्चामा आवद्ध दल र नेताहरू नेता निर्वाचन विरोध नरहेको बताएका यादवले भने, ‘हामी निर्वाचन विरोधी होइनौँ । निर्वाचनमा सहभागी हुन चाहन्छौँ । तर, वातावरण बनाइ दिनु पर्छ नि ।’











प्रतिक्रिया