६ मंसिर २०८३, आइतबार

एमालेसँगको गठबन्धन सहकार्य अब टुट्न सक्छ : एकनाथ ढकाल

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेसँगको गठबन्धन सहकार्य टुट्नसक्ने संकेत गरेका छन् ।

एमाले नेतृत्वको नौ दलीय विपक्षी गठबन्धनमा सहभागी रहेका ढकालले मंगलबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनका बेला एमालेसँगको सहकार्य नहुन पनि सक्छ । अरुसँग तालमेल हुन सक्छ ।’

अयक्ष ढकालले राष्ट्रियताको मुद्दामा एमालेसँग कुरा मिले पनि अन्य विषयमा परिवार दल कांग्रेससँग नजिक रहेको बताए ।

उनले संविधान संशोधनको विधेयक जस्ताको त्यस्तै पारित गर्न आफूहरूले सहयोग नगर्ने बताउँदै सर्वदलीय सल्लाह गरेर अगाडि बढेमा संशोधनप्रति लचकता अपनाउन सकिने बताए । ‘संविधान संशोधनको विधेयकमा सहोग गर्न पनि सकिन्छ’, उनले भने, ‘तर, सबै दलहरूसँग सर्वदलीय छलफल गर्नु आवश्यक छ ।’

परिवार दलका अध्यक्ष ढकालले स्थानीय तहको निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दलहरूसँग सहकार्यका लािग प्रयास भइरहेको बताए ।