३१ आश्विन २०८३, शनिबार

एचडिएनपीले सिन्धुपाल्चोकका विद्यार्थीलाई छात्रवृत्ति दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय ( एचडिएनपी)ले सिन्धुपाल्चोकका बिद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

नेपालमा गएको भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोक जिल्लाका पीडित बिद्यार्थीको लागि १० कक्षासम्म पढाई निःशुल्क गराउने भएको हो ।

एचडिएनपीले स्थापनाकालदेखि नै टेक्ससको ड्यालसको सेरोफेरोमा रहेका घरबार बिहीन, अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन खुवाउने, त्रैमासिक रक्तदान तथा काठमाडौँमा पशुपतिनाथ मन्दिर परिसरमा बस्ने बृद्ध तथा सडक बालबालिकाहरुलाई खाना खुवाउने गर्दछ ।

सिन्धुपाल्चोक जिल्लाका १० बिद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने योजना अघि सारेकोले एचडीएनपीले आर्थिक कोष वृद्धि समारोह कार्यक्रम आगामी अप्रिल १४ शुक्रबारका दिन राखेको छ ।

कार्यक्रम डीएफडब्लु विमानस्थल दक्षिण तर्फ अवस्थित हिल्टन गार्डेन इनमा हुने भएको छ ।

कार्यक्रम साँझ साढे ६ देखि साढे ९ सम्म हुनेछ भने उक्त आर्थिक कोष वृद्धि कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहितको स्थानीय कलाकारहरुले प्रस्तुति गर्ने छन् । कार्यक्रममा सहभागी हुन् पचास डलर राखिएको छ ।