३१ आश्विन २०८३, शनिबार

कतारको कानून नेपाली भाषामा अनुबाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कतारको आप्रबासी सम्बन्धी कानूनलाई नेपाली भाषामा अनुबाद भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानुनवारे जानकारी दिने उद्देश्यले कतारको नयाँ कानूनलाई नेपाली भाषामा अनुवाद गरेको हो ।

नेपाली मुस्लिम समाज कतारको तेश्रो महाधिवेशनमा अनुवाद गरिएको कानून कितावको बिमोचन गरिएको थियो ।

नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल–हैलको पहलमा यो कानूनलाई अनुवाद गरिएको हो । कतारी दुताबासले त्रिभुवन विश्वविद्यालयको भाषा क्याम्पसबाट कितावलाई प्रमाणीकरण गराएको थियो

कतारमा एक दशकदेखि कार्यरत अरवी भाषा र साहित्यमा दख्खल भएका रमजान अली मियाले अनुवाद गरेको हो । यसलाई नेपालस्थित कतारी दुताबासले प्रकासन गरी कतार जाने कामदारलाई वितरण गर्ने तयारी भएको मियाँले बताए ।

महाधिवेसनमा पुगेका कतारका लागि कार्यवाहक राजदूत मणिरत्न शर्मा, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक समिम मियाँ अन्सारी, महासचिव मोहम्मद जाकिर हुसैन, कतारको सामुदायिक प्रहरी बिभागका उच्च अधिकारी अल वकिल अल दावित अब्दुल अजिज अल मुहन्नदी र समुदाय बिभागका इन्चार्ज डा मोहम्मद बहाउद्दिनले संयुक्त रुपमा कानुनी पुस्तकको लोकार्पण गरेका थिए ।

अधिवेशनले इन्जिनियर मोहम्मद ऐयुबको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । अधिवेशनको उद्घाटन गर्दे अन्सारीले नेपालमा मुस्लिम आन्दोलन निरन्तर भइरहेको बताए ।

हुसैनले काठमाडौंमा ‘हज हाउस’ र सांस्कृतिक केन्द्र निर्माणमा प्रवासी नेपाली मुसलमान जुट्नु जरूरी भएको बताए ।

समाजका अध्यक्ष अब्दुल हफिजको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा रमजान अली मिया सहित तीन दर्जन ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।