६ मंसिर २०८३, आइतबार

ओली भन्छन्- मधेसका जुनसुकै जिल्लाबाट चुनाव लड्न तयार छु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसबाट चुनाव लड्न आफू तयार रहेको बताएका छन् ।

सोमबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा मधेशी जातीय समन्वय समाजकोे ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले आफू मधेसको जुनसुकै जिल्लाबाट चुनाव लड्न तयार रहेको उद्घोष गरे । ओलीले निषेधको राजनीति त्याग्न र एमालेमाथि अवरोध नगर्न मधेसी मोर्चालाई आग्रह पनि गरे ।

आफू र आफ्नो पार्टीमाथि अनावश्यक आक्षेप लगाइएको भन्दै ओलीले मधेसी जनताको खास समस्या समाधान गर्न आफू तयार रहेको स्पष्ट पारे । मधेसी जनता कुनैपनि हालतमा अन्याय पर्न नहुने भन्दै उनले मधेसी मोर्चालाई आफूलाई साथ दिन आग्रह समेत गरे ।

मधेशी जातीय समन्वय समाजले विभिन्न दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने क्रममा सोमबार ओलीलाई १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । पत्रमा संविधानप्रति असन्तुष्ट रहेका मधेसी थारु, मुस्लिमलगायतको मागसम्बोधन गरेर मात्र स्थानीय चुनाव गर्न माग गरिएको छ ।