
चितवन, २१ चैत । नारायणगढ—मुग्लिन सडकमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आधा दर्जनबढी सवारी साधन पुरिएका छन् ।
मुग्लिन सडकअन्तर्गत चितवनमा पर्ने कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सवारी साधनसँगै पुरिएर मोटरसाइकल चालक लमजुङ्ग सुन्दर बजार नगरपालिका–३ भोटेओडार बस्ने ४५ बर्षीय रेसराज र टयांकरको सहचालक भारतको बेतीया घर हुने २५ बर्षीय बियनय कुमार कोईरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मोटरसाइकल चालकको १५ बर्षीय छोरा सन्दिप राना, टयांकर चालक पर्सा लक्षुमनुवा– १८ बस्ने ३६ बर्षीय बनु पटेललाई घाइते अवस्थामा उद्धार गरि उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ ।
बिहान १०ः४० बजेको समयमा खसेको सुख्खा पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले एउटा मिनी ट्रकलाई पहिरोबाट निकालेको छ । मिनी ट्रक चालक सकुसल रहेका छन् । पहिरोमा पुरिएको टयाङकरलाई समेत बाहिर निकालेको छ ।
उक्त पहिरोमा परि ट्याङकर १, ट्रक १, मिनी ट्रक १, कार १, मोटरसाइकल १ गरी ५ वटा सवारी साधनमा क्षति भएको छ ।











प्रतिक्रिया