३१ आश्विन २०८३, शनिबार

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा थापा निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि अप्रिल २ सम्म संचालन भएको प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ ।

सम्मेलनले प्रभु थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले वरिष्ठ उपाध्यक्षमा टेक गुरुङ, उपाध्यक्षमा बेनी यादब कंडेल, श्याम राजा महत, यमुना भट्टराई र ईश्वरी भट्ट निर्वाचित भएका छन् ।

महासचिवमा राधा कृष्ण देउजा तथा उपमहा सचिवमा कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन । कोषाध्यक्षमा हेमन्त भेटवाल निर्वाचित भएका छन् ।

सचिवहरुमा छबि पाण्डे, जानकी कार्की, प्रदीप तिमिल्सिना, उधबहादुर पन्त निर्वाचित भएका छन् ।

सम्मेलनमा गायिका सपना परियार, लोक गायक भगवान भण्डारी, सिर्जना लामालगायतलाई सम्मान गरिएको थियो । उनीहरूले विशेष प्रस्तुति पनि दिएका थिए ।