नाइजेरिया । नेपाली नयाँ वर्षको उपलक्ष्यमा गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा गत अप्रिल १ तारिखका दिन लेगोसमा आयोजित कार्यक्रममा भब्य प्रस्तुति दिएका छन् ।
उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरियास्थित प्रवासी नेपालीहरुलाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारे । राईले आफूले प्रथम पटक अफ्रिका महादेशमा प्रस्तुति दिन पाएको आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनएका अफ्रीका क्षेत्रीय संयोजक सुनिल कार्की, भारतीय दूताबासका अधिकारी सन्दीप पाल, एनआरएनएका आइसिसी सदस्य चिरञ्जीबी रोका, एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिष्ट, सचिब रोशन थापा, सदस्यहरु बिश्वाश पौडेल र रोहित भाङ्गर, भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रा लगायतले बोलेका थिए ।















प्रतिक्रिया