६ मंसिर २०८३, आइतबार

सासुआमालाई साक्षी राख्दै पूर्वपति मोहन रेग्मीले कञ्चन शर्मालाई दिए ११ लाख रुपैंया

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । एउटा टेलिभिजन कार्यक्रमबाट एकाएक चर्चामा आएकी कञ्चन शर्मा रेग्मीले पूर्वपति मोहन रेग्मीबाट ११ लाख रुपैंया पाएकी छिन् ।

कञ्चनकी आमा छत्रछाँया न्यौपानेलाई साक्षी राख्दै मोहनले कञ्चनलाई ११ लाख रुपैंया नगद दिएका हुन् । काठमाडौंको धापासीस्थित पवित्रा समाज सेवा समाजमा बस्दै आएकी कञ्चन पतिसँगको अन्तिम बिछोडका लागि काठमाडौँको घट्टेकुलोस्थित माइतीघरमा पुगेकी थिइन् । उनको साथमा थिइन – पवित्रा समाज सेवाकी अध्यक्ष दीक्षा चापागाईं । जहाँ केही आफन्त, वकिल र पत्रकारलाई मात्र बोलाइएको थियो ।

कञ्चनले हाँस्दै हस्ताक्षर गरिन्। २०४७ सालमा अन्माएर पठाएको छोरी र ज्वाईंको बिछोडमा समन्वयकर्ताको भूमिका खेल्दा छत्रछाँया भने असाध्यै भाबुक बनेकी थिइन् ।

श्रीमान मोहन रेग्मीबाट ११ लाख रुपैंया बुझ्दै कञ्चन

मानवीय नाताले जीवन निर्वाहका लागि ११ लाख रुपैंया दिएको मोहनले बताए । कञ्चनसँग कुरा नगरे पनि उनले सासुआमाको भने प्रशंसा गरे । छत्रछायालाई नाम जस्तै व्यवहार भएको भनेर उनले सासुआमा भनेर सम्बोधन गरे । सासुआमाप्रति माफी माग्दै उनले जीवनमा आफूले नसोचेको घटना भएको बताए । ‘यो जीवन हो र यस्तै भयो। हाम्रो सम्बन्ध यस्तै भयो’ – भाबुक हुँदै मोहनले भने ।

कान्तिपुर टेलिभिजनको ‘सुमनसँग’ नामक कार्यक्रमबाट कञ्चन शर्मा एकाएक चर्चा र विवादमा आएकी थिइन् । कञ्चन र मोहनका दुई छोरा छन्। दुई छोरा बाबु मोहनसँगै बस्दै आएका छन् ।