६ मंसिर २०८३, आइतबार

काठमाडौंको सबै ठाउँमा चुनाव जित्न प्रकाशमानले दिए यस्तो निर्देशन

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका सबै ठाउँमा काँग्रेसले जित्नेगरी परिचालित हुन काठमाडौं काँग्रेसलाई निर्देशन दिएका छन् ।

उनले आगामी बैशाखमा हुने चुनावमा काठमाडौंमा पार्टीलाई जुनसुकै हालतमा पनि जिताउनुपर्ने बताए ।

आज बिहान काठमाडौं काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापतिलगायतहरुको सामूहिक छलफलका क्रममा उनले काठमाडौंका सबै नगरपालिका र महानगरपालिकामा चुनाव जित्ने रणनीति बनाउन निर्देशन दिए ।

चुनाव जित्ने रणनीति तय गरेर बुथ समितिसम्म संगठन परिचालन गर्नुपर्ने बताए । पार्टीको निर्देशन र परिधिभित्र रहेर जनताले रुचाएको व्यक्तिलाई प्रस्ताव गर्न उनले आग्रह समेत गरे ।

सानो त्रुटी भएपनि पार्टीको नै शाख गिर्ने भएकाले होस् पुर्याएर सक्षम व्यक्ति छानिनुपर्ने बताए । उनले स्थानीयस्तरबाटै उमेदवारको छनौट भए त्यसमा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए ।

साथै उनले पार्टी निर्णय नमान्ने र चुनावको नतिजा कांग्रेसको पक्षमा नआए कसैलाई पनि माफ दिन नसकिने चेतावनी समेत दिए ।