
काठमाडौं, २० चैत । मुलुकको विकसित पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दै छ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि सुरु हुने स्थायी समिति बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ‘विकसित राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो’, उनले भने ।
स्थानीय तहको निर्वाचनमा सहभागी हुने विषयमा मधेसी मोर्चाले नयाँ प्रस्तावहरू अगाडि सारेपछि राजनीतिकस्तरमा परामर्शहरू भइरहेका बेला एमालेले आफ्नो स्थायी समिति बैठक बोलाएको छ ।
एमालेले सीमाङ्कनको विषय थाँती राखेर निर्वाचनमा सहभागिता जनाउने हो भने संविधान संशोधनको विधेयकलाई अगाडि बढाउन दिने यसअघि नै जनाइ सकेको छ । विधेयक अगाडि बढाउन दिए पनि त्यसको पक्षमा मतदान नगर्ने एमालेका नेताहरूको अडान छ ।











प्रतिक्रिया