बाल्टिमोर । प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भएको अधिवेशन अप्रिल २ सम्म चल्नेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
३ वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन एमाले संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।
डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कार्यक्रममा बिशेष अतिथिमा एमालेका नेता युवराज कार्की, खगराज अधिकारीलगायतको उपस्थिती रहको छ ।
















प्रतिक्रिया