
– विजय थापा
बाल्टिमोर । प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशन सुरु भएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सुरु भएको अधिवेशनको नेकपा एमालेका संगठन विभाग प्रमुख समेत रहेका पार्टी केन्द्रीय सचिव एवं पूर्वमन्त्री पृथ्बीसुब्बा गुरुङले विशेष समारोहका बीच उद्घाटन गरेका छन् । अधिवेशनमा पूर्वमन्त्री एवं नेकपा एमालेका नेताहरु खगराज अधिकारी र युवराज कार्कीको विशेष आतिथ्यता रहेको छ ।

यसैगरी, सांस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित हास्य कलाकार सागर लम्साल (बले सोल्टी), हरिप्रसाद निरौला (कक्रोज) तथा लोक गायक भगवान भण्डारी समेत नेपालबाट आएका छन् ।

मञ्चको दोश्रो अधिवेशनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ । उदघाटन सत्रमा डीसी महानगर क्षेत्रका संघ तथा संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएको महासचिव प्रभु थापाले जानकारी दिए । अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।

अप्रिल २ तारिख नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिने मञ्चका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । सर्वसम्मतिमै नेतृत्व चयन हुनेको उनको विश्वास छ ।
















प्रतिक्रिया