६ मंसिर २०८३, आइतबार

‘अब संविधान संशोधनको हठ त्यागेर मधेशी दल निर्वाचनमा आउने’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, १९ चैत । नेकपा एमालेका सांसद तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले देशमा ताजा जनादेशका लागी निर्वाचन आवश्यक रहेको बताउनुभएको छ ।

आसन्न स्थानिय निर्वाचनको तयारीमा एमालेले घनिभुत तयारी गरिरहेको बताउँदै साँसद पौडेलले अब देशको १ नम्बरको पार्टीका रुपमा एमाले स्थापित हुनेमा कुनै शंका नरहेको समेत ठोकुवा गर्नुभयो ।

जितपुरसिमरा उपमहानगरपालिका १३ डुमरवानामा आज नेकपा एमालेको भब्यताका साथ सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै पौडेलले निर्वाचन नजिकिदै गर्दा मधेशी दललाई समेत सहमतिको बिन्दुमा ल्याउने प्रयास भइरहेको भन्दै उनले मधेशी दलले पनि अब संशोधनको हठ्लाई त्यागेर निर्वाचनमा आउनुको बिकल्प नरहेको बताउनुभयो ।

सम्पन्न वडा भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर बि.क., उपाध्यक्ष देव नारायण चौधरी, केन्द्रिय कृषि बिभाग सदस्य पलट चौधरी, युवा तथा खेलकुद बिकास सदस्य किसोर शर्मा, प्रदेश नं. २ का सदस्य भरत खड्का, जिल्ला सचिवालयका डा. कृष्ण पौडल, जिल्ला प्रचार बिभाग प्रमुख मनोज पौडेल, जिल्ला सचिवालय सदस्य ईश्वर ढकाल, जिल्ला निर्वाचन कमिटी सभापती राधेश्याम शिवाकोटी, नगर संयोजक कृष्ण खनाल, जिल्ला सदस्य लक्ष्मी नेपाली, निर्वाचन कमिटी सदस्य रुपलाल चौधरी लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।

भेलाले सहनीको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । कार्यक्रममा बिभिन्न समयका आन्दोलनमा घाईते भएको आपm्ना कार्यकर्तालाई सम्मान समेत गरेको छ ।

आजै बिभिन्न पार्टी परित्याग गरि एमाले प्रबेश गर्ने दर्जन बढी ब्यक्तिलाई स्वागत कार्यक्रमको समेत आयोजना गरिएको छ । जनमोर्चाका थलराज न्यौपानेको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको हो । वडा न. १३ का अध्यक्ष जादोलाल सहनीको सभापतित्वमा सम्पन्न भेलाको संचालन महादेव चौधरीले गर्नुभएको थियो ।