६ मंसिर २०८३, आइतबार

काठमाडौँमा नाटकीय शैलीमा लुटियो ५० तोला सुन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । काठमाडौंमा दिनदहाडै ५० तोला सुन नाटकीय रुपमा लुटिएको छ ।

काठमाडौँ महानगरपालिका–१९ मरुहिटीस्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भएको सुनका गर–गहना बनाउने कारखानाबाट २८ लाख मुल्य बराबरको ५० तोला सुन लुटिएको हो ।

भारत घर भएका शिव माइतीले संचालन गरेको कारखानामा शुक्रबार अबेर आएका ६ जना अपरिचित व्यक्तिहरुले लुटपाट मच्चाएका थिए । उनीहरुले हामी ‘प्रहरी हौं’ भन्दै हत्कडी र पेस्तोल देखाई गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरेको पीडितले जनाएका छन् ।

घटना शुक्रबार अबेरको भए पनि पीडितले आजमात्र प्रहरीलाई जानकारी गराएका थिए । लुटेराहरु फरार रहेकाले खोजी भइरहेको महानगरीय प्रहरीले दैनिक नेपाललाई बताएको छ ।