काठमाडौं, १९ चैत । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले चुनावी घोषणा पत्र लेख्न तयारी गरेको छ । घोषणापत्र लेख्नका लागि ३५ सदस्यीय तयारी समिति पनि गठन गरिसकेको छ ।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु समेत निर्वाचन घोषणापत्र तयारी समितिका आमन्त्रित सदस्य हुने उनले बताए ।
कार्यसमितिका पदाधिकारी, सदस्य, सांसद, सबै भ्रातृ एवं शुभेच्छुक संस्थाका सभापति, वुद्धिजीवीलगायतसँग छलफल गरेर घोषणापत्र तयार गरिने छ ।
को–को छन् तयारी समितिमा ?
१. संयोजक — महेश आचार्य
२. सदस्य — डा. रामशरण महत
३. सदस्य — डा. मिनेन्द्र रिजाल
४. सदस्य — फरमूल्लाह मन्सुर
५. सदस्य — मानबहादुर विश्वकर्मा
६. सदस्य — दिलेन्द्रप्रसाद बडू
७. सदस्य — एन.पी. साउँद
८. सदस्य — उमाकान्त चौधरी
९. सदस्य — अर्जुनप्रसाद जोशी
१०. सदस्य — भीष्मराज आङ्दम्वे
११. सदस्य — डा. शेखर कोइराला
१२. सदस्य — आनन्दप्रसाद ढुंगाना
१३. सदस्य — चन्द्र भण्डारी
१४. सदस्य — कमला पन्त
१५. सदस्य — अजयकुमार चौरसिया
१६. सदस्य — सुश्री अम्बिका बस्नेत
१७. सदस्य — धनराज गुरुङ
१८. सदस्य — महेन्द्र यादव
१९. सदस्य — रत्न शेरचन
२०. सदस्य — मीन विश्वकर्मा
२१. सदस्य — बद्री पाण्डे
२२. सदस्य — जीवन परियार
२३. सदस्य — ईश्वरी न्यौपाने
२४. सदस्य — सीता गुरुङ
२५. सदस्य — सुजाता परियार
२६. सदस्य — गोविन्द भट्टराई
२७. सदस्य — गुरुराज घिमिरे
२८. सदस्य — प्रदीप पौडेल
२९. सदस्य — कल्याणकुमार गुरुङ
३०. सदस्य — चिनकाजी श्रेष्ठ
३१. सदस्य — रामकृष्ण यादव
३२. सदस्य — विश्वप्रकाश शर्मा
३३. सदस्य — डा. डिला संग्रौला
३४. सदस्य — किरण यादव
३५. सदस्य — सुश्री सरिता प्रसाई












प्रतिक्रिया