६ मंसिर २०८३, आइतबार

मन्त्रीले नै उल्लंघन गरे निर्वाचन आचारसंहिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १९ चैत । उर्जामन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

निर्वाचन आचारसंहितालाई मिच्दै उनी गोरखामा पार्टीको कार्यक्रममा सहभागी भएका हुन्। बुढीगण्डकी जलविुद्यत आयोजनाको निरीक्षणको नाममा गोरखा पुगेका उनी माओवादी केन्द्र गोरखाले आयोजना गरेको नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा भाग लिए । उनलाई माओवादी कार्यकर्ताले आँबुखैरेनीदेखि मोटरसाइकल र ट्याक्सीर्‍याली सहित गोरखा सदरमुकाममा पुर्याएका थिए ।

धेरै बोल्दा निर्वाचन अचारसंहिता लाग्ला भन्दै आफ्नो भाषण सुरु गरेका उनले सरकारमा रहेर माओवादी पार्टीले गरेको कामको घुमाउरो शैलीमा प्रचार गरेका थिए । उनले स्थानीय तहको निर्वाचन कुनै पार्टीको हारजित भन्दा पनि संविधान कार्यान्वयनको पहिलो खुड्किलो भएको धारणा राखे ।