भैरहवा, १८ चैत । नेपाली क्रिकेटको छाता संगठन क्यान धरासायी बनाइनुमा मुख्यतया दलहरु जिम्मेवार भएको क्रिकेट खेलका पुराना खेलाडीले तर्क गरेका छन् ।
क्रिकेटको उत्थानको लागी दशकौंदेखी सक्रिय धर्मराज गिरीले १९९६ मा राणा र राजाहरुको सोखबाट सृजना भएको क्रिकेटमा खेलाडीहरुको राम्रो प्रदर्शनको कारण विदेशबाट जर्सी, ब्याट लगायतको सहयोग आउन थालेपछि दलीय नेता, टोले गुण्डाहरुले आंखा लगाएको आरोप लगाए । उनले शुरुदेखी नै गुण्डा र तीनका भरौटेहरुले स्वच्छ खेललाई प्रदुषित गर्दै जादा सम्पुर्ण क्रिकेटलाई नै धुमील्याएको उनको तर्क छ ।
गिरीेले विश्वकप विजेता टिम क्याप्टेनलाई तलब समेत नदिनु, नेपाली क्रिकेटलाई उचाइमा पुराउने प्रशिक्षक पुबुदुलाई हटाउनुले नेपाली क्रिकेटमा समस्या सृजना भएको जनाए । गिरीले नेपाली क्रिकेटलाई पुनः व्यवस्थीत गर्न र राम्रो बनाउन एडभाइजरी बोर्ड सक्रिय भएर विभिन्न काम गर्नुपर्ने समेत सुझाए । उनका अनुसार नेपाल क्रिकेट बोर्डको गठन गर्ने, प्रादेशीक संरचना अनुसार क्रिकेट संघको पुनर्गठन गर्नुपर्ने, जिल्ला संघको नविकरण गर्दा क्रिकेमा समर्पितलाई मात्र समावेश गराउने, क्लबहरुको नविकरण क्राइट एरिया पुरा गर्नेलाई मात्र दर्ता गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाली क्रिकेटलाई खेलै नबुझेका मान्छेले धरासायी पारेको भन्दै क्यानका पदाधिकारी तथा सदस्यहरुप्रति रोष समेत प्रकट गर्दै भने “अदालतमा मुद्धा पनि हाल्ने अनि बार्गेनिंग गर्न एडभाइजरीमा भाग पनि लिने ?”















प्रतिक्रिया