यूरोप । स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दूताबास स्थापना गर्न लागेको सुन्दा आफू निकै खुसी भएको बताएका छन् ।
रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुइटेल समक्ष उक्त कुरा बताएका हुन् ।
अहिले स्पेनमा दूताबास नहुँदा फ्रान्सस्थित नेपाली राजदूताबास पेरिसबाट यहाँका बिभिन्न कागजी कामा हेर्ने गरिएको छ ।
लुइटेल स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गर्न स्पेनको राजधानी मड्रिड पुग्दा गैर आवासीय नेपाली संघ स्पेनको मड्रिड शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएको मड्रिड शाखाका अध्यक्ष रोशन पाठकले बताए ।
अन्तरक्रियामा स्पेनमा रहेका नेपालीहरुले भोग्नु पर्ने समस्याहरुको अबगद गराउँदै स्पेनका राजा समक्ष लगिदिन अनुरोध समेत गरेका थिए ।
स्पेनमा दूताबास खोल्नेबारे राजालाई पहिले नै जानकारी रहेको भन्दै उनले दुई मुलुकबीचको सम्वन्धलाई सुदृढ र सुमधुर बनाउने विश्वास राजाबाट ब्यक्त भएको जानकारी दिइन ।
राजा फिलिपे छैटौले सन् २०१४ देखि स्पेनको राजगद्दी सम्हाल्दै आएका छन् ।
















प्रतिक्रिया