३१ आश्विन २०८३, शनिबार

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पूरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पूरा भएको मञ्चका महासचिव प्रभु थापाले बताएका छन् ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेकोछ ।

प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि एमालेका अध्यक्ष केपी ओली आउने भनिए पनि व्यस्तताका कारण आउने छैनन् ।

तीन वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कृयाशील सदस्यहरुबाट छानिएर आएका २५० प्रतिनिधिहरुले अधिवेशनमा भाग लिने छन् ।

अब अधिवेशनमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहने छन् ।

बिशेष अतिथि पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यक्रममा उपस्थिति रहनेछ ।