३१ आश्विन २०८३, शनिबार

नयाँ शक्ति जापानको अध्यक्षमा सरिता ढकालको उम्मेदवारी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापान । नयाँ शक्ति नेपाल पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा नेतृ सरिता ढकालले उम्मेदवारी दिने भएकी छन् । यहि जुन २५ गते हुन लागेको प्रथम अधिबेशनमा आफूले अध्यक्षको उम्मेद्बारी दिने उनले बताइन् ।

समाबेसी, समानुपातिक र समुन्नत समाजबाद उन्मुख लोकतन्त्रमा दृढ रही नयाँ शक्तिको अबको निकास आर्थिक बिकास भन्ने नीतिलाइ आत्मसाथ गर्दै हरेक क्षेत्रमा महिलाहरुलार्इ समावेशीसहितको प्रतिनिधित्व गराइनुपर्ने र महिलालार्इ राजनीतिदेखी राज्यको हरेक शासकिय तह र तप्कामा समाबेश गराइनुपर्ने भन्दै महिला तथा लैङ्गकि हिंसा, चेलीबेटी बेचबिखन देखी अन्य समस्यालार्इ उर्जागत गर्दै अगाडि बढ्ने आफ्नो सिद्धान्त र बिश्वास रहेको तर यी सफलताका लागि सक्रिय राजनीति र सङ्गठको नेतृत्त्वमा पुगे मात्र आफूले अबलम्बन गरेको बिचार र सिद्धान्तलार्इ प्रतिवादन गर्न सम्भब देखेकाले आगामी अधिबेशनमा आफूले अध्यक्ष पदमा उम्मेद्बारी दिने स्पष्ट पारिन् ।

एनआरएन जापानकी सदस्य तथा साहित्य समाज जापानको सक्रिय सदस्य रहेकी ढकालले अब जापानमा नारी हिंसादेखी दुःख पाएका नेपाली विद्यार्थी भाइ बहिनीहरुलार्इ लक्षित पार्दै नयाँ किसिमले जापान सेवामुखी र चेतना मुलुक कार्यक्रम चलाउने बताइन् ।

नयाँ शक्ति जापानमा आफू महिला नेतृत्व बर्गमा नै रहेकाले प्रत्यक्ष रुपमा चुनाब भएपनि आफूले जित्ने दाबी गर्दै उनले जापानमा महिला नेतृत्वसहितको नयाँ जुझारु कार्यसमितिको निर्माण आगामी अधिबेशनले ल्याउने बिश्वास गरिन् । अबको जीवन जनताको सेवाको लागि प्रत्यक्ष राजनितीमा होमिएर बिताउने उनको चाहना छ ।