दोहा । बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमका २०७४ गर्ने भएको छ ।
अहिलेको सन्दर्भमा निक्कै लोक दोहरि क्षेत्रमा चर्चा बटुल्न शफल गायिका कुमारी थापा मगर संगीत प्रेमीहरुलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आउने भएकी छन् ।
यस्तै प्रवासमा रहेर पनि विभिन्न वार्ड चुम्न सफल लोक दोहोरी गायक रितकुमार श्रेष्ठ, लोक दोहोरीका पारखी बलबिक्रम थापा लगायत एक दर्जनभन्दा धेरै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । हास्यकलाकार सुरज बिसीले पेट मिचिमिची हसाउने आयोजकको दाबी छ ।
२८ अप्रिलमा दोहाबाट करिब ४५ किलोमीटर टाढा रहेको उम्सलाल अलिस्थित अलदार क्लबमा हुने संस्थाका अध्यक्ष पदम बिश्वकर्माले जनाएका छन् ।
बनभोजका लागि यातायातहरु तरबार गेट, अलात्तिया, साहानिया, दुखान, अल्खोर, उम्साईड लगायत कतारको विभिन्न ठाउँबाट छुट्ने व्यवस्था समेत रहेको यातायात संयोजक तोयानाथ पौडेलले बताएका छन् ।
















प्रतिक्रिया