टोरोन्टो । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल–क्यानडा सम्बन्ध मजबुद बनाउनको लागि द्धिपक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदान हुनुपर्नेमा जोड दिएका छन् ।
साताव्यापी क्यानडा भ्रमणमा रहेका पत्रकार ऋषि धमलाले मंगलबार एनआरएनए क्यानडाले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले द्धिपक्षीय सम्बन्ध अत्यन्तै संभावनाहरुले भरिपुर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप मजबुद बनाउँदै लैजानुपर्ने स्पष्ट पारे ।
धमलाले क्यानडा नेपाली विद्यार्थीहरुको लागि अत्यन्तै आकर्षक गन्तव्य भएको, नेपालमा क्यानेडेली पर्यटकहरुको ठूलो संभावना रहेकोले एनआरएनएले त्यतातिर पनि ध्यान पुर्याउनुपर्ने बताए। यद्धपी धमलाले एनआरएनएले नेपाल सरकारको दुतावास नपुगेको देशमा समेत सक्रिय रहेको बताउँदै आगामी दिनमा सरकारले एनआरएनएलाईपनि विशेष सेवा सुविधा तथा अधिकार दिन कन्जुस्याँई गर्न नहुने जिकिर गरे ।
एनआरएनए क्यानडाका अध्यक्ष तुलसीप्रसाद सापकोटाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पत्रकार धमलाले क्यानडामा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एउटै छातामुनी राखेर एनआरएनएले काम गरिरहेको देख्दा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।
उनले नेपालको आर्थिक समृद्धिको लागि अब क्यानडामा उद्योग, व्यवसायमा ख्याँति कमाएका गैर आवासीय नेपालीहरुलेपनि लगानी गर्नुपर्ने बेला आएको बताए ।
धमलाले नेपाल लगानीको लागि उर्वर भूमि भएकोले निसन्देह सबै नेपालीहरुले आफ्नो मातृभुमिको विकाको लागि लगानी गर्नुपर्ने बेला आएको बताए। उनले भने, ‘नेपालमा संविधान जारी भए यता राजनीतिक स्थिरताको लागि प्रयास भैरहेको छ, अब तीन वटै तहको निर्वाचन भएपछि मुलुक समृद्धिको पथतर्फ अघि बढ्छ, समृद्धिको यो यात्रामा तपाई हामी सबै एक भएर अघि बढ्नुपर्छ।’
त्यस्तै कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष सापकोटाले नेपालको आर्थिक समृद्धिको लागि आफूहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन क्षेत्र विकासको ठूलो संभावना रहेकोले क्यानेडेली जनतालाई नेपाल घुम्न जानको लागि आफूहरुले समेत पहल गरिरहेको विश्वास दिलाए।
कार्यक्रममा पत्रकार धमलालाई सम्मान समेत गरिएको थियो । पत्रकारिताको माध्यमबाट द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउनको लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै एनआरएनए क्यानडाले मायाको चिनो समेत प्रदान गरेको धमलाले जानकारी दिए ।















प्रतिक्रिया