३१ आश्विन २०८३, शनिबार

पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिलमा हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । नेपालको पर्वत जिल्ला घर भई हाल बेल्जियममा बसोवास गर्दै आएका बेल्जियम वासी नेपाली हरुले जिल्लामा स्वास्थ्य तथा शिक्षा एवं परोपकारी कार्यमा सहयोग गर्ने उद्धेश्य अनुरुप स्थापना भएको पर्वत समाज बेल्जियमको आगामी अधिवेशन ३० अप्रिल का दिन आन्त्रोपेन शहरमा अवस्थित नेशनल होटलको सभा हलमा हुने भएको छ ।

सन् २००९ मा केदार जोशीको अध्यक्षतामा स्थापित यस समाजले आफ्नो स्थापना कालदेखि जिल्लामा रहेका बिपन्न वर्ग लाई लक्षित गरि बिभिन्न कार्य लगायत जिल्लामा जिर्ण अवस्थामा रहेका बिभिन्न बिद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्य सेवा बाट बन्चित गरिव, असाहय–अशक्त महिला तथा बालबालिका हरुलाई सहयोग स्वरूप बिभिन्न आर्थिक तथा भौतिक सहयोगका कार्यक्रमहरु गर्दै आएको छ । बेल्जियम को बिभिन्न शहरमा अस्थाई वा स्थाई रुपमा बसोवास गर्दै आएका पर्वत वासी नेपाली हरु आफ्नो ब्यस्ताथाको बावजुत पनि जन्म स्थान प्रतिको दायित्व बोध गर्दै बिभिन्न च्यारीटी कार्यक्रम हरु मार्फत व्यक्ति तथा समुहगत रुपमा सहयोग संकलन कार्य गर्दै आईरहेको छ ।

समतामूलक पर्वत समाज निर्माणको लागी सामुहिक रुपमा लागी परेका पर्वतेहरुको आगामी एक मई  का दिन आन्त्रोपेन शहरमा पर्बतेहरूकोयूरोप भेलाको समेत आयोजना गरिएको बताएका छन । साथै उक्त भेला लाई भब्य रुपमा सम्पन्न गर्न झलक के सी लाई व्यवस्थापन एवम् कृष्णतिवारी र अमृत पौडेललाई बिधान मस्यौदा समितिको जिम्मा दिइएको जानकारी गराईएको छ ।

समृद्ध पर्वत निर्माण मा हाम्रो अभियान भन्ने मूल उद्धेश्य रही स्थापना भएको समाज ले पर्वतमा सामुदायिक भवन निर्माण कार्य अभियानमासमेत ग्लोवल रुपमा आब्हान गरिएको बताएका छन । उक्त अभियान लाई अगाडी बढाउन अर्जुन कुमार श्रेष्ठ, सुवाश जोशी, मेघ गुरूङ, कृष्णतिवारी समेतको एक कार्य दल समेत गठन गरेको र यस महान कार्य लाई क्रमश ग्लोब्लाईज रुपमा विस्तार गर्दै लैजाने अध्यक्ष केदार जोशीलेबताएका छन ।