३१ आश्विन २०८३, शनिबार

अमेरिकी फुटबलमा नेपाली बालकको उदय, अमेरिकन टोलीमा छनौट, बार्सिलोनासँग म्याच खेल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

भर्जिनिया । अमेरिकामा नेपाली बालकको गौरवलाग्दो प्रगति नेपाली समुदायको शिर उच्च बनेको छ । अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका नेपाली मुलका १३ बर्षीय बालक बिशेष अधिकारी अमेरिकन फुटबल (सकर) टिममा छनौट भएका हुन् । उनले स्पेनको बार्सिलोनामा हुन लागेको प्रतियोगितामा अमेरिकन टिमका तर्फबाट भाग लिने मौका पाएका छन् ।

अमेरिकाको टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनी अमेरिकन सकर टोलीमा पर्न सफल भएका हुन् । उनलाई एफसी बार्सिलोनाका प्रशिक्षकले छनौट गरेका हुन । अमेरिकन फुटबल टोलीको प्रतिनिधित्व गर्दै उनले एक्स्कुसिव २०१७ एफसीबी एस्कोला इस्टर प्रतियोगितामा भाग लिने छन् । बुधबार मार्च २९ तारिख अमेरिकामाबाट उनको टोली बार्सिलोना उड्ने छ ।

पुर्खौली घर चितवन रामपुर भई आमा बुवाका साथमा अमेरिकाको नेब्रास्का बस्दै आएका अधिकारीले सानैदेखि फुटबल खेल्दै आएका थिए । उनी नेब्रास्काको लिङ्कनको म्यागेलन सकर क्लबसंग आबद्ध रहेका छन् । सन् २००३मा जन्मेका अधिकारी अहिले नेब्रास्का राज्यको नेब्रास्का ओलम्पिक विकास टोली अन्तरगत छनौटमा परेका हुन् ।

उनले हप्तामा ५ दिन फुटबलको प्रशिक्षणको साथै चुस्त र फुर्तिलो हुन् ३ दिन तालिम लिइरहेका छन् भने १२ बर्ष मुनि उमेर समुहको प्रतियोगितामा स्थानीय स्तर तथा राज्यबाट संचालित थुप्रै खेलमा सहभागी जनाएका छन् ।

फुटबलमा उदियमान तथा होनहार खेलाडी हुनुका साथै पढाईमा पनि उनी त्यतिकै उत्कृष्ट बिद्यार्थी छन् ।