६ मंसिर २०८३, आइतबार

सप्तरी घटनापछि पहिलोपटक मधेशमा एमालेको ठूलो भेला, हेर्नुस् तस्वीरहरु

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १६ चैत । नेकपा एमालेले सप्तरी घटनापछि पहिलोपटक ठूलो भेला गरेको छ । एमालेले महोत्तरीको बर्दिबासमा दुई नम्बर प्रदेशस्तरीय बृहत कार्यकर्ता भेला गरेको हो । भेलामा पार्टीका शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेल सहभागी भएका छन् ।

मेची महाकाली अभियान अन्तरगत गएको फागुन २३ गते सप्तरीमा हिंसात्मक घटनापछि एमालेले अभियान रोकेको थियो ।

मधेशमा पार्टी कामलाई प्रभावकारी बनाउन, सभा तथा सम्मेलनको आयोजनाको तयारीस्वरुप आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा एमालेका गाउँ कमिटीका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका हजारौंको सहभागिता थियो ।

कार्यव्यस्तताका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नपाए पनि भेलामा उत्साहजनक सहभागिता रहेको एमाले नेताहरुले बताएका छन् ।