काठमाडौं, १६ चैत । ‘शान्ति, सम्बृद्धि तथा स्वच्छ वातावरणको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको छ । कृषि विकास मन्त्रालयको सहयकोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा भोलीदेखि काठमाडौंमा मेला आयोजना हुँदैछ ।
मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ । मेलामा भाग लिन आउने देशी तथा बिदेशी पाहुनाको सहभागिता रहने एसोशियसनका कार्यक्रम स ंयोजक जेबि तामाङले जानकारी दिए ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ्गका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी हुनेछन् ।
पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेलामा प्राप्त गर्न सकिने छ । प्रविधि बिस्तारका लागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायतका पुष्प व्यवसायीहरुलाई मेलामा सहभागी गराइएको एशोसियसनका महासचिव मिनबहादुर तामाङले बताए ।
पुष्प व्यवसाय विस्तार
नेपालमा बि.स. २०११ मा नेपाल प्राइभेट नर्सरीको स्थापनासंगै सुरु भएको पुष्प व्यवसाय अहिले ३९ जिल्लामा फैलिएको छ । लगभग १४८ हेक्टर क्षेत्रफलमा पुष्पव्यवसाय भइरहेको छ । जसबाट ४१ हजारा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगार भएका छन् । यस व्यवसायले आ.ब. २०७२÷७३ मा सिजनल फूल बिरुवातर्फ रु २५.०३ करोड, आलंकारिक बोट बिरुवातर्फ रु. ४६.०६ करोड, कट फ्लावर्स तर्फ रु २४.६९ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्गतर्फ रु १९.६८ करोड कारोबार गरेको छ ।
खुल्लाफूलतर्फ रु.८.०९ करोड, सामग्रीआपुर्तितर्फ रु.१४.९७ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ९.६२ करोड, र निर्यात तर्फ रु ३.२५ करोड गरि जम्मा १ अर्व ५१.३९ करोड भन्दा बढिको कारोबार भएको छ । आ.ब.२०७२÷७३ मा ६.०४ करोड बराबरको पुष्प तथा पुष्पजन्यबस्तुको आयात भएको उपाध्यक्ष तथा मेला संयोजक दिलिप बादेले जानकारी दिए ।















प्रतिक्रिया