
अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीका लागि नेपाली भाषा पाठशाला संचालनमा ल्याइएको छ ।
अमेरिका जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको हो । उक्त क्षेत्रमा सामाजिक सेवामा राम्रो काम गर्दै आएको क्रिएटिव नेपाल युथ अर्गनाइजेसनको पहलमा गत मार्च २६ देखि संचालनमा ल्याएको छ ।
बिद्यालयमा हरेक महिनाको दोश्रो तथा चौथो आइतबार दिन को १–३ बजेसम्म पठन पठन गराइन्छ । पढ्नको लागि एल सिरितो, अल्बनी, रिचमण्ड ओकलेण्ड, पिनोलमा बस्ने बिद्यार्थीको सहज भएको छ । पहिलो दिन ३० माइल टाढा रहेको डेली सिटीबाट प्रिना कार्की उत्सुकता साथ स्कूलमा उपस्थित रहेकी थिइन् ।
पहिलो दिनको कक्षामा ४५ बिधार्थी रहेका थिए । करिब ३ वर्षदेखि १३ वर्षसम्मका बालबालिकाको उपस्थिति रहेको थियो ।
नेपाली भाषाको बिद्यालय शिक्षिका शोभा राईले कक्षाको सुरुवात गरेकी थिइन् ।















प्रतिक्रिया