३१ आश्विन २०८३, शनिबार

एकाएक विश्वकप छनौट खेलमा किन प्रतिबन्धमा परे मेसी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ज्युरिक, १५ चैत । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी कारबाहीमा परेका छन् ।

विश्वकप छनौटअन्तर्गत चिलीविरुद्धको खेलमा म्याच अफिसियललाई अपशब्द प्रयोग गरी गाली गरेको अभियोगमा फिफाले चार वटा खेलमा उनलाई प्रतिबन्ध लगाएको हो । फिफाले मंगलबार सुनाएको कारबाहीपछि उनी मंगलबार बोलिभियाविरुद्ध हुने छनौट चरणको खेलमा उनी मैदानमा उत्रने छैनन्।

अर्जेन्टिनाले चिलीलाई १–० ले पराजित गरे पनि खेलमा मेसी निकै रिसाएका थिए । खेलको भिडियो हेर्दा उनले सहायक रेफ्रीलाई अपशब्द प्रयोग गरी गोली गरिएको प्रमाण भेटिएको थियो ।