३१ आश्विन २०८३, शनिबार

किरात याक्थुङ चुम्लुङ कतारमा राजेन्द्र सामेखाम सर्वसम्मत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय लक्सम

दोहा, कतार । किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङवोको अध्यक्षतामा नवौ महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा का.वा. महासचिव सागर तुम्वाहाङफेले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका का.बा. अध्यक्ष पुरुस्वोतम सुनुवार रहेका थिए भने बिशेष अतिथि एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरी, किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार लोकेन्द्र कुमार तुम्रोक र विशेष सल्लाहकार दिलकिरण खजुम रहेका थिए ।

अतिथिहरुमा प्रवासी नेपाली मञ्चका अध्यक्ष राम हरि गैरे, नेपाली जनसम्पर्क समिती कतारका कोषाध्यक्ष राम जी खत्री, नेपाल जनप्रगतीशिल मञ्चका का.बा अध्यक्ष रकम ध्वज राई, संघिय लिम्बुवान सामाजिक मञ्चका का.वा.अध्यक्ष तिल बिक्रम थेवे, पाँचथर सेवा समाजका संरक्षक चन्द्र न्यौपाने, तेह्रथुम सेवा समाजका अध्यक्ष सन्तोष खडका, ईलाम सेवा समाजका सदस्य सन्तोष राई, नेपाल मगर संघ कतारका अध्यक्ष महेन्द्र ब.थापा, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष थर्चा लामा, किरात राई यायोख्खा कतारका अध्यक्ष एकराज राई, माझी सेवा समाजका सचिव धन व. माझी, नेवा पुःच कतारका अध्यक्ष उपेन्द्र रत्न शाक्य, थारु कल्याणकारिणि सभा च्याप्टर कतारका उपसभापति श्यामलाल चौधरी, प्रवासी भुजेल सेवा समाजका कोषाध्यक्ष मान बहादुर भुजेल, धनुक सेवा समाजका अध्यक्ष राम कुमार मण्डल, दलित नेपाली एकता समाजका अध्यक्ष श्याम नेपाली, समाज समाजसेवीहरु कमलमणि गुराँगाई, चानक पोखरेल, बिरेन्द्र याक्थुम्वा, द्रोण ब.बस्नेत लगायत रहेका थिए ।

प्रमुख अतिथि, बिशेष अतिथिहरुद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउँदै सहिदहरु प्रति १ मिनेट मौनधारण गरी कार्यक्रम सुरु गरिएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र सामेखामले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि पुरुश्तोम सुनुवारले कियाचु कतार १५ बर्ष अंघि जतिबेला नेपालीहरु रोजÞगारको निम्ति कम्ति मात्रैमा आएको बेला पनि यो संस्था स्थापना गरेर लिम्वु समुदायले आफ्नो भाषा, लिपि, धर्म संस्कृति रितिरिवाज परम्पराहरु जोगाएको वताउदै आगामी दिनमा पनि नयाँ आउने जुझारु टिमले आफ्नो पहिचानको निम्ति एकढिक्का भई काम गर्न भन्दै शुभकामना मन्तब्य दिएका थिए । एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङले कियाचु कतारले नेपाली समाजमा खेलेको भुमिकाको खुलेर प्रशंसा गर्दै यसको निरन्तरतामा जोड दिनु भयो ।

महासंघका प्रमुख सल्लाहकार सीयाराम चौधरीले भाषा, धर्म संस्कृतिको संरक्षण गर्न कियाचु संस्था स्थापना गरेर धेरै उल्लेखनिय काम गरेको र आफ्नो जातिको हक हित र पहिचान साथै कतारमा रहेको नेपाली समाजलाई एकताबद्ध बनाउन उल्लेखनिय भुमिका खेलेको बताउँनु भयो । कियाचु कतारका प्रमुख सल्लाहकार लोकेन्द्र कुमार तुम्रोकले कतारमा रहेका सम्पुर्ण लिम्वुहरुलाई संस्थामा आवद्ध गर्न अपिल गर्नु भयो । संस्थाका बिशेष सल्लाहकार दिलकिरण खजुमले यो बिसुद्ध जातिय सामाजिक संस्था भएकोले संस्थाको विधान अन्तर्गत रहेर काम गर्नु पर्नेमा जोड दिदै आफ्नो हक अधिकार उठाउनु पर्ने वताए । वैचारिक संस्थाका प्रतिनिधी, मातृसंस्थाका प्रतिनिधीहरु, समाजसेवी तथा वुद्धिजिवी कमलमणि गुराँगाई, चानक पोखरेल, बिरेन्द्र याक्थुम्वा, द्रोण ब.बस्नेतले शुभकामना दिएका थिए ।

सो अवसरमा संस्थामा विशेष योगदान दिनेहरु संस्थाका प्रमुख सल्लाहकार लोकन्द्र कुमार तुम्रोक, बिशेष सल्लाहकार दिल किरण खजुम, नरेन्द्र एभेङ्ग, सल्लाहकार गणेश थक्लुङ, केवल पाहिम, विमल सिगु, किरण लिङ्देन, श्यामसुहाङ हुक्पा चोङवाङलाई (पगरी) लगाई साथमा सम्मानपत्र दिएर सम्मान गरिएको थियो । महासंघमा आवद्ध सम्पुर्ण मातृसंस्थाहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले लिम्बु संस्कृतिको च्यावु्रङ नाच (केलाङ नृत्य) प्रस्तुत गरेका थिए ।

अधिवेसनले आगामी २ वर्ष (१०१७—१९) का लागि राजेन्द्र सामेखामको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । वरिष्ठ उपाध्यक्ष हर्क खजुम, प्रथम उपाध्यक्ष बम वहादुर चेम्जोङ्ग, द्धितिया उपाध्यक्ष हरीभक्त जबेगु, महासचिव सागर तुम्बाहाङफे, सचिव बिजय लक्सम, बिमल सिगु, अबिन्द्र मादेन, नगेन पाक्साँवा, कोषाध्यक्ष देउकुमार नेम्बाङ्ग, सहकोषाध्यक्ष नन्दराज लोवा रहेका छन् ।

सदस्यहरुमा बिष्णु प्रकाश केरुङ्ग, बिशाल आङबो, राज आङ्ला, चन्द्र आङदेम्बे, बबिता तुम्बापो, बसन्त सिगु, मनमाया लावती, योगेन्द्र आङ्ला, तिर्थ वहादुर लिम्बु, सुमन योङहाङ्ग, योगेन्द्र आङखेवा (झमक), हेम कुमार लिबाङ्ग, अम्बिका शुहाङ्ग, रहेको कार्य समितिमा निर्बाचित भएका थिए । निर्बाचन समितिमा संयोजक लोकेन्द्र तुम्रोक, सदस्य दिल किरण खजुम, गणेश थक्लुङ्ग, किरण लिङदेन र श्यामसुहाङ्ग हुक्पा चोङवाङ्ग रहेका थिए । अन्त्यमा नबनिर्वाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।