३१ आश्विन २०८३, शनिबार

विवादको कारण एनआरएन अमेरिकाको चुनाव सर्ने संघारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस । गैर आवासीय संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न चुनाव विवादको कारणले समयमा नहुने सम्भावना बढेर गएको छ ।

मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नु पर्ने अनुमान सहितको विधानमा उल्लेख भएको कार्यतालिका बमोजिम सबै कार्य पुरा गर्न सदस्यता बन्ने म्याद थप, भेरिफिकेशन समिति जस्ता विवादको कारणले चुनाव टर्ने सम्भावना बढी रहेको छ ।

विधान बमोजिम २०१७–२०१९ को अनुमानित कार्यतालिकामा सदस्यता बन्ने अन्तिम म्याद मार्च १५, सदस्यता भेरिफिकेशन मार्च ३१, सदस्यताको अन्तिम नामावली निर्वाचन समितिलाई दिने अप्रिल ५, निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन अप्रिल १०, उम्मेदवार मनोनयन दर्ता सुरु अप्रिल १०, उम्मेदवारको पहिलो सुची अप्रिल १२, उम्मेदवार उपर दाबी विरोध अप्रिल १५, उम्मेदवारको अन्तिम नामावली प्रकाशन अप्रिल २०, मतदान मे २०–२१ र नतिजा मे २५ मा प्रकाशन गर्ने उल्लेख छ ।

न्यायिक समितिमा सदस्यता बन्ने म्याद थप सम्बन्धी उजुरी र सो को निर्णय पश्चात् थप गरिएको चार दिन सम्म बनेका सदस्यहरूले मतदान गर्न पाउने कि नपाउने भन्ने विवाद एक ठाउँमा छ भने सदस्यता छानविन समितिका सदस्यको विरुद्धमा समेत उजुरी पर्नु र सो उजुरीमा सुनुवाइ मार्च २९ तारिखमा हुने हुँदा करिब सत्र हजार सदस्य केही दिनमा सही छानबिन गरेर अप्रिल ५ तारिखमा बुझाउन असम्भव प्राय देखिएको छ ।

अमेरिकामा रहेका बिबादरत संस्थाहरू प्रायशस् धराशायी हुँदै जानु, आम मानिसको संस्थाप्रति रुचि घट्दै जानुलाई जोगाउनको लागि समयमै सामाजिक अगुवाहरुले ठोस कदम चालेर नेपाली समुदायको केन्द्रको रूपमा एनआरएनलाई उभ्याउनु पर्ने जरुरत देखिएको छ ।