अमेरिका, १५ चैत । गत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरीले फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेका छन् ।
ठकुरीले अहिलेसम्म पाँच खेल निर्माण गरेकोमा तीन खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् ।
सितेरियो कराते महिला खेलाडी सुभद्रा श्रेष्ठले १०औ साफ खेलमा रजत र एसियन खेल मलेसियामा स्वर्ण पदकको साथै हङकङमा कास्य पदक प्राप्त गरेकी श्रेष्ठले अमेरिकामा पनि स्वर्ण पदक र ग्रान्ड च्याम्पियनमा रजत पदक हात पार्न सफल भएकी छिन् ।
ठकुरीको पहिलो उत्पादन “फांग ब्रेअकिङ्ग ” विश्व बिजेता स्वर्ण पदक तथा विश्व बिजेता च्याम्पियन उपाधि फित्ता हात परि सकेका छन् ।















प्रतिक्रिया