वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छन् ।
उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी सतिस चापागाइँ तथा श्रीजन ताम्राकारलाई हराएर बानामा इतिहास रचेकी हुन् । नयाँ कार्यकारी समितिको कार्यकाल २०१७–२०१९ सम्म रहनेछ ।
उनले ३ सय १२ मत प्राप्त गेर अध्यक्ष पदमा जितेकी हुन् । अध्यक्ष पदका अन्य प्रत्याशीहरू सतिस चापागाइँले २ सय ३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए ।
यसै गरी वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४ सय ४८ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १ सय ६६ मत प्राप्त गरे । १६ मत बदर भएको थियो ।
नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त समाजसेवीको रुपमा बिगत २५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् ।
















प्रतिक्रिया