३१ आश्विन २०८३, शनिबार

नयाँ नेतृत्व चयन गर्दै प्रवासी नेपाली मञ्च अमेरिका

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकामा रहेका एमाले शुभचिन्तकहरुको संस्था प्रवासी नेपाली मञ्च अमेरिकाले आगामी कार्यकालको लागि नयां नेतृत्व चयन गर्न लागिपरेका छन् । मार्च महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोर शहरमा हुन लागेको दोश्रो अधिवेशनले नयां नेतृत्व चयन गर्न लागेको हो ।

नयां नेतृत्व चयनका लागि अमेरिकाका बिभिन्न राज्यमा रहेका मञ्चका अगुवाहरुलाई बाल्टीमोरमा स्वागत गर्न आयोजक कमिटिले सम्पुर्ण तयारी पुरा गरेको मञ्चका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । चार बर्ष अगाडि तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेको सम्मेलनबाट सञ्जय थापाको नेतृत्वमा बनेको समितिलाई बिदाई गर्दै बन्न लागेको नयाँ समिति कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा अहिले मञ्चका कार्यकर्ताहरु तिब्र छलफलमा छुटेका छन् ।

केहि महिना अगाडि नै सम्पन्न हुनुपर्ने मञ्चको दोश्रो अधिवशेन उद्धाघाटन गर्न एमाले अध्यक्ष ओलीले समय नमिलेको बताएपछि सरेको अधिवेशन उद्घाटन गर्न शुरुमा ओली अमेरिका जाने बताइए पनि स्थानीय चुनावका कारण ओली अमेरिका जान नसक्ने बताइएको छ । ओली निकट मानिने सञ्जय थापाको नेतृत्वमा रहेको बर्तमान समितिले ओली आउन नसकेपछि महासचिव ईश्वर पोखरेललाई उद्घाटनका लागि अनुरोध गरेपनि महासचिव पोखरेल जान नसकेमा संगठन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मन्चको अधिवेशनका लागि भनेर नै एमालेका अमेरिका ईन्जार्च युवराज कार्की केहि दिन पहिला नै अमेरिका पुगिसकेका छन् । कार्की अहिले अमेरिकाका बिभिन्न राज्यमा रहेका मञ्चका कार्यकर्ता भेट्न ब्यस्त छन् । अमेरिकाको बिभिन्न २४ राज्यमा रहेको मञ्चको शाखाबाट आउने प्रतिनिधीहरुले चयन गर्ने नयां नेतृत्वका लागि हाल बिभिन्न ब्यक्तिहरुले आफुलाई अगाडि सारेका छन् ।

को को छन् आकांक्षी ?

मञ्चको नयां नेतृत्वका लागि बाल्टीमारेमा रहेका बर्तमान महासचिव प्रभु थापा, न्यूयोर्कमा रहेका मञ्चका अगुवा टेक गुरुगं र टेक्सासमा रहेका जनक राना यतिबेला अध्यक्षको लागि मैदानमा देखिएका छन् ।

चार बर्ष अगाडि न्यूयोर्कमा भएको मञ्चको पहिलो अधिवेशनमा सञ्जय थापालाई निर्बिरोध निर्बाचित गराउन मैदान छोडेका गुरुङको समुह यतिबेला आफूहरुले अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ भने महासचिव थापाले आफू निर्बिकल्प भएको भन्दै दाबी गरेका छन् । सहमतिका लागि आफ्नो नेतृत्व आबश्यक रहेको बताउदै मैदानमा आएका राना आफू नेतृत्वमा आएमा सबैलाई समेट्ने दाबी गरे पनि अध्यक्षका सबै दाबेदारहरुले आफूहरु चुनाब गरेर नेतृत्व छान्ने भन्दा पनि सहमतिका साथ नेतृत्व छान्न लागिपरेको दाबी गर्दै आएका छन् ।

मञ्चको अध्यक्षको मैदानमा रहेका तिनै जनालाई सहमतिमा लिएर नयां नेतृत्व चयन गराउन मध्यमार्गिको रुपमा बाला घिमिरे, हेम पाठक, राधाकृष्ण देउजा लगायतका मध्यमार्गी अगुवाहरुले भित्र भित्रै छलफल चलाईरहेका छन् ।

मञ्चको अध्यक्षमा रस्कास्सी चलेसंगै संगठनको अर्को महत्वपुर्ण मानिने पद महासचिवका लागिभने अध्यक्षका अधिकाशं आकांक्षीहरुले न्यूयोर्कमा रहेका युवा राधाकृष्ण देउजालाई आग्रह गरेको बुझिएको छ । एमालेका शीर्ष नेताहरुसंग राम्रो ब्यक्तिगत सम्बन्ध हुनका साथै लेखन कार्यमा समेत राम्रो भएका देउजालाई महासचिवको प्रस्ताव गरिएको भए पनि देउजा भने सहमतिबाट नेतृत्व चयन हुंदा र संस्थाको हितका लागि आफू जुनसुकै पदमा पनि बस्न तयार रहेको बताएका छन् ।

महासचिव पदमै न्यूयोर्कमा रहेका लाक्यन लामा र टेक्सासमा रहेका कमल ओझाले समेत आकांक्षा रहेको भएपनि महासचिवमा भने देउजाको प्रवल सम्भावना रहेको बुझिएको छ । मञ्चको अन्य पदाधिकारीमा प्रितीसागर खत्री, टेकराज पौडेल, यमुना भट्टराई, सोमेन्द्र रञ्जीत लगायतबाट बन्ने देखिन्छ ।