वाशिंगटन डीसी । अमेरिकाको बोस्टनमा बस्दै आएका नेपाली मुलका बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त भएका छन् ।
उनले आफूलाई यस दौडको लागि नियुक्त गरेको सामाजिक संजालमार्फत जनाएका छन् ।
बोस्टन बिश्व बिद्यालयबाट फोटोग्राफी अध्ययन गरेका नेपाल सम्भवत एक मात्र नेपाली मुलका आधिकारिक रुपमा बोस्टन म्याराथन दौड २०१७ को लागि फोटो पत्रकार छनौट भएका हुन् ।
आफूले यसै विषयमा अध्ययन गरेको र बिश्व कै सबैभन्दा पुरानो तथा बिश्वबाट खेलाडीहरू सहभागी हुन् आउने भएकोले उत्साहित भएको उनले बताए ।
आगामी अप्रिल १७,२०१७ सोमबार प्याट्रीअट डे दिवसको उपलक्ष्यमा बोस्टन म्याराथन दौड २०१७ आयोजना हुनेछ ।
बोस्टन म्याराथन विश्व कै पुरानो वार्षिक म्याराथन मानिन्छ । ब्रम्हाण्ड कै चर्चित सडक दौड प्रतियोगिता पनि हो । सन् १८९७ बाट सुरु भएको म्याराथन दौड बोस्टन एथलेटिक एसोसिएसनले व्यवस्थापन गर्छ ।
















प्रतिक्रिया