वाशिंगटन डीसी । बर्दिबासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको ‘धुर्मुस–सुन्तली अभियान सहयोग कार्यक्रम’बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ ।
अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले आयोजना गरेको कार्यक्रममा सो रकम संकलन भएको हो ।
न्युयोर्क, भर्जिनिया, कनेक्टिकट, बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग संकलन भएको समूहका सदस्य शिव प्रकाशले बताए ।
सामाजिक संघ–संस्थाबिना नै सामूहिक प्रयास र हातेमालो गर्दै बोस्टनबासीले धुर्मुस–सुन्तली अभियानका लागि सो रकम उठाएका हुन् ।
धुर्मुस–सुन्तलीको अभियानलाई सहयोग गर्नेमा शिव प्रकाश, सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबि सिंह, सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ (बम्बे मार्केट) रहेका छन् ।
















प्रतिक्रिया