३१ आश्विन २०८३, शनिबार

बाल्टिमोरमा जातीय विभेद विरुद्ध विशेष कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम सन् २००४ देखि नै अमेरिकाको डीसी महानगर क्षेत्रमा दलित, जातीय विभेद बिरुद्ध तथा सामाजिक सेवामा काम गरी रहेको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) अमेरिका, सन् २००८ देखि नै दलितका अधिकार सम्बन्धि काम गर्दै आई रहेको इन्टर नेसनल कमिसन फर दलित राइट (आइसीडीआर) तथा सन् १९९८ मा नेपालका दलित महिला तथा बालबालिकाको मानव अधिकारको रुपमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान संघ (एडवान) को सयुक्त आयोजनामा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन न्यूयोर्कका महाबाणिज्यदूत क्रिसू क्षत्रीले गरेका थिए ।