५ मंसिर २०८३, शनिबार

बाबुरामलाई झट्काः रामेश्वर खनालद्धारा नयाँ शक्ति पार्टी परित्याग

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख रामेश्वर खनालले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नयाँ शक्ति घोषणा गर्नु अगाडि गठन गरिएको केन्द्रीय परिषदका संस्थापक २५ सदस्यमध्येका एक खनालले पार्टीका आर्थिक योजना तथा प्रतिवेदन निर्माणमा प्रत्यक्ष रुपमा बाबुरामसँग मिलेर काम गरेका थिए ।

तर, पछिल्लो समय पार्टीका कुनैपनि गतिविधिमा सहभागी नभएका खनालले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको कुरा औपचारिक रुपमै स्पष्ट पारेका हुन् ।

‘म कुनै पार्टीमा छैन् । राजनीति मेरो क्षमताको विषय रहनेछ’, ट्वीटरमार्फत प्रष्टिकरण दिएका छन् ।

खनालले नयाँ शक्ति परित्याग गरेसँगै उनी रवीन्द्र मिश्रको साझा पार्टीमा जाने चर्चा छ । तर, यसबारे खनाल केही बोलेका छैनन् । खनाल नेपाल सरकारका पूर्व अर्थसचिव हुन् ।

यस्तो छ खनालको ट्वीटः