५ मंसिर २०८३, शनिबार

‘मनमोहनले सयबाट बृद्ध भत्ता सुरु गरे, केपीले २००० बनाए, अब एमालेले ५००० रुपैंया बनाउँछ’

39.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सामाजिक सुरक्षा भत्ता अझै बढाउने उद्घोष गरेका छन् ।

मेची महाकाली अभियानअन्तर्गत नेपालगञ्जमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारले एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्तालाई अब बन्ने एमालेको बहुमतको सरकारले ५ हजार पुर्याउने घोषणा गरे ।

‘मनमोहन अधिकारीको सरकारले एक सय रुपियाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता केपी ओली नेतृत्वको सरकारले दुई हजार बनायो,’ उनले भने– ‘अब एमालेको बहुमतको सरकारले पाँच हजार बनाउनेछ ।’

नेपालमा एमालेले राम्रो काम गर्न खोज्दा सरकारै ढालेर अवरोध गरिएको स्मरण गर्दै गौतमले अगाडि भने– ‘मनमोहन अधिकारीको नेतृत्वको सरकारले राम्रो काम गर्दा नौ महिनामै हटाइयो, माधवकुमार नेपालको सरकारलाई नयाँ नेपाल बनाउने भयो भन्ने डरले हटाइयो, झलनाथ खनालको सरकारलाई सात महिना पनि टिक्न दिइएन, कपी शर्मा ओलीको सरकारलाई नौ महिना पनि काम गर्न दिइएन । अबको चुनावमा जनताले यी सबै कुरा हेरेर बहुमत दिनेछन्, एमालेबाहेक जनताले अरु पार्टीलाई विश्वास गर्ने छैनन् ।’