५ मंसिर २०८३, शनिबार

कांग्रेसको केन्द्रीय समिति बैठक चैत १० गते आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएको थियो ।

बैठकमा संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा पर्न छाडेको भन्दै सभामुखको आलोचना भएको थियो । कांग्रेसका पदाधिकारीहरूले संशोधन विधेयकलाई कार्यसूचीमा राखेर अगाडि बढाउन सभामुखसँग आग्रह गरेका छन् ।

स्थानीय तहको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने भन्दै कांग्रेसका नेताहरूले मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गरिने बताए ।