२० कार्तिक २०८३, शुक्रबार

कांग्रेस सभापति देउवा एमालेको पाऊमा पर्न आउछन्ः एमाले नेता पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

तुलसीपुर, १ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेको पाऊमा पर्ने बताएका छन् ।

रुकुमबाट नेपालगञ्ज जाने क्रममा अनेरास्ववियु दाङले तुलसीपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेलाई धोका दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई पनि धोका दिने भएकाले ढिलो चाँडो एमालेको पाउ नपरि सुखै नहुने दाबी गरे । ‘शेरबहादुर, प्रचण्डले छोड्लान् र सत्तामा जाउला भनेर आशामा बसेका छन् उनको आशा कुनै पनि हालतमा पुरा हुने छैन्,’ पाण्डेले भने ।

लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयनका लागि पनि कांग्रेस बाध्य भएर एमालेसँग सहकार्य गर्न आउनुपर्ने उनले बताए । कांग्रेसले विपीको समाजवाद गोजीमा हालेकाले पनि अब मूलुकमा एमालेको विकल्प नभएको भन्दै पाण्डेले प्रचण्डले निर्वाचन नगराए उनको पनि आयु समाप्त हुने बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले अबको तीन बर्षमा कुनै पनि नेपाली उपचार नपाएर मर्न नपाउने बताए । एमाले सरकारमा भएको बेला २५ जिल्लामा स्वास्थ्य विमा कार्यक्रमा लागु गरेकाले अबको ३ बर्ष पछि देशैभर लागु हुने भएकाले बाच्नकै लागि उपचार गर्न भन्दै नागरिकले पैसाको लागि हात थाप्नु नपर्ने बताए ।

एमाले समाजवाद उन्मुख बाटोमा अघि बढेको भन्दै त्यसका लागि चार आधार तयार पारेको बताए । जेष्ठ नागरिकको संरक्षणका लागि भत्ता, उपचारका लागि स्वास्थ्य विमा, आवास विहिनका लागि जन्ताआवास र शिक्षाका लागि कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेकाले समाजवादको बाटोलाई कसैले रोक्न नसक्ने उनले बताए । जनताआवास कार्यक्रम लागु गरेकाले अवको २० बर्ष पछाडि कुनै पनि नागरिक घरबार विहिन हुननपर्ने उनले बताए ।