५ मंसिर २०८३, शनिबार

एमालेलाई मधेस विरोधी भन्नेहरुको मानसिक सन्तुलन ठिक छैन्ः भीम रावल

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– निराजन परियार

धनगढी, १ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीम रावलले अब पनि स्थानीय तहको निर्वाचन हुन्छ की हुन्न भनेर दोधारमा नपर्न आग्रह गर्नु भएको छ ।

सरकारले निर्वाचनको बारेमा शंका उत्पन्न हुने कुनै काम कुरा गर्न नहुने बताउदै उहाँले निर्धारित समयमा निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त हुने बताउनुभयो ।

मन्त्रिपरिषद्ले केही दिनअघि झापा, मोरङ सुनसरी, कैलाली, कञ्चनपुरलाई विवादास्पद जिल्लामा राखेर संघीय आयोगबाट सिमाना टुङ्गो लगाउने भन्ने निर्णय गरेर कैलाली कञ्चनपुरलाई टुक्राउन खोजिएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो । उहाँले अहिलेको मुख्य काम भनेको निर्वाचन र संबिद्यान कार्यान्वयन गर्ने र गराउने भएको उल्लेख गर्नुभयो ।

नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्र्ततग भोली र पर्सी कैलालीका बिभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमको तयारीको लागि धनगढी पुग्नु भएको नेता रावलले आज विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघियता र लोकतन्त्र मान्छु भन्नेले चुनाव विथोेलेर लोततन्त्र र संघियता मान्छु भन्नु पाखण्डी कुरा भएको बताउनुभयो ।

नेकपा एमालेलाई मधेशी विरोधी भन्नेहरुको मानसिक सन्तुलन ठिक नभएको उहाँले आरोप लगाउनुभयो । नेपालमा केही बिखण्डकारीहरुले नेपालको अस्तित्व नै धरापमा पार्न खोजेको आरोप लगाउनुभयो ।

लोकतन्त्रबादी भन्नेले जनताको विचमा जना र मतदानमा भाग लिन तयार नहुनेहरु लोतन्त्रवादी हुन नसक्ने नेता रावलले बताउनु भयो । मधेशी दलहरुलाई पनि निर्वाचनमा भाग लिन समेत आग्रह गर्नुभयो । पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले एमाले पार्टी अग्रपंतिमा रहेर काम गर्ने पार्टी भएको बताउदै एमालेलाई कसैले मधेशी बिराधी पार्टी हो भन्ने भम्रमा नपर्न पनि अनुरोध गर्नुभयो ।

एमालेको मेची महाकाली अभियान भोलि कैलालीमा

झापाको काकडबिट्टाबाट २१ गतेबाट सुरु भएको नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान भोली कैलाली पुग्ने भएको छ । भोली नै टीकापुर र लम्कीमा एमालेको बिशाल जनसभा हुने कार्यक्रम तय भएको छ । पर्सी ३ गते धनगढीमा १२ बजे कार्यक्रम आयोजना हुने त्यसपछि महेन्द्रनगर भएर सुर्खेतमा समापन हुने एमालले जनाएको छ । सभालाई एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।