काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा आफ्नो चुनाव चिन्ह “गाई” आगामी चैत ५ गते देशैभरि एकैपटक सार्वजनिक गर्ने भएको छ ।
प्रवक्ता सुशील कुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको प्रमुख आतिथ्यतामा केन्द्रीय सचिवालयद्धारा काठमाडौमा चुनाव चिन्ह “गाई” सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।












प्रतिक्रिया